IME Life New

कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने जेनजी नेपालको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी नेपालले कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय गरेको छ।

जेनजी नेपालले आज एक विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारको नेतृत्वमा घिसिङलाई पठाउने निर्णय भएको जानकारी गराएको हो। ‘बालेन्द्र साहले रुचि नदेखाउनुभएको, हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको र सुशीला कार्की अयोग्य तथा ७० वर्ष उमेर माथिको हुनुभएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशभक्ति व्यक्ति, सबैले रुचाएको इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

भ्रष्टाचार र बेथितीको अन्त्य तथा सुशासन कायमसहितको जेनजीको आन्दोलन अभूतपूर्व सफलता नजिक रहेको विज्ञप्तिमा उल्लेख छ। ‘जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यो निष्कर्षमा पुग्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि सबैभन्दा योग्यतम र सबैले रुचाएका काठमाडौं महानगरपालिकाका प्रमुख बोलेन्द्र साह नै हुनुहुन्थ्यो। तर, उहाँले यस प्रक्रियामा रुचीनै नदेखाउनु भएको प्रस्टै छ।’

बुधबारको भर्चुअल छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नामको बारेमा धेरैजनाको समर्थन आएको विज्ञप्तिमा उल्लेख छ। ‘त्यहाँ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको नाममा पनि सकारात्मक छलफल भएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा हिजो सकारात्मक छलफल भए तापनि संविधान, विधि, पद्धति मान्ने हाम्रो लागि उहाँलाई अगाडि सार्नु विधिसंवत देखिएन। संविधानबमोजिम पूर्वप्रधानन्यायाधीश, न्यायाधीसहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँले जेनजीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकोले उहाँको नाम अस्वीकृत गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%
happy

खुसी

1%
sad

दु :खी

4%
amazed

अचम्मित

3%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS