IME Life New

अन्ततः जेनजी सामु झुके केपी ओली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली जेनजी सामु झुकेका छन्।

जेनजीको आन्दोलन देशभर तीव्रगतिमा बढेपछि प्रधानमन्त्री ओली झुकेका हुन्। उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।

Esewa
Crest

जेनजीहरुले सोमबारबाट भ्रष्टाचार, भ्रष्टाचार र देशको बेथितिविरुद्ध आन्दोलन छेडेका थिए। हिजोको आन्दोलनमा सरकारी दमनका १९ जना जेनजीले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए। घाइतेहरुको विभिन्न अस्पताल उपचार भइरहेको छ।

आज पनि जेनजीको आन्दोलन नियन्त्रण काठमाडौं, भक्तपुर र ललितपुरसहित देशका विभिन्न जिल्लामा बिहानैदेखि कर्फ्यु लगाइएको थियो। तर, जेनजीहरु स्वतःस्फुर्त रुपमा आन्दोलनमा होमिए। उनीहरु संसद भवन र सिंहदरबार कब्जा गर्नुका साथै ठूला नेताहरु केपी ओली, प्रचण्ड, शेयरबहादुर देउवालगायत थुप्रैको घरमा आगजनी गरेका थिए। उनीहरुले संसद भवन पनि जलाइदिएका छन्। थुप्रै ठाउँमा प्रहरीचौकीहरु पनि तोडफोड गर्नुका साथै आगजनी गरिदिएका छन्।

जेनजीकै आन्दोलनका कारण थुप्रै मन्त्रीहरुलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। उता राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदले सामूहिक राजीनामा दिएर जेनजीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका ४२ जना सांसदले पनि राजीनामा दिँदैछन्। सत्तारुढ दल कांग्रेसकै मन्त्रीहरुले पनि राजीनामा दिइसकेका छन्।

लगभग देशका अधिकांश भूभागमा जेनजीको उत्साहजनक प्रदर्शन देखिएको छ। आज प्रदर्शनमा प्रहरीले पनि हस्तक्षेप गरेको देखिँदैन भने नेपाली सेनाले पनि युवाको ज्यान लिएर नेता घर जगाउन नसकिने स्पष्ट जबाफ दिइसकेको छ।

देश युवाको कब्जामा गएसँगै केपी ओलीले हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राखी संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS