काठमाडौं । दक्षिण कोरियाको जीवन र निर्जीवन बीमा उद्योगले दक्षिणी सहरहरु जियोजे र टोङयोङमा आएको ठूलो बाढीपछिको पुरुत्थान प्रयासहरुलाई सहयोग गर्न ७२ हजार डलर सहयोगको प्रतिबद्धता जनाएको छ।
जीवन बीमा सामाजिक योगदान समिति र निर्जीवन बीमा संघको सामाजिक योगदान परिषद्ले अगस्ट २४ मा आपतकालीन राहात कोष कोरियाली रेडक्रसमार्फत प्रदान गरिने जनाएको छ। यो कोष बाढीबाट क्षतिग्रस्त क्षेत्रको मर्मत गर्न, प्रभावित मानिसलाई राहात सामग्री प्रदान गर्न र कमजोर परिवारलाई जीवनयापन खर्चमा सहयोग गर्न प्रयोग गरिनेछ।
कोरियाली बीमा उद्योगले पहिले नै वन डढेलो र भारी वर्षाजस्ता प्रमुख प्राकृतिक प्रकोपपछि वित्तीय र अन्य सहयोग प्रदान गरिसकेको छ।
जीवन बीमा सामाजिक योगदान समितिका सहअध्यक्ष किम चेओल–जुका अनुसार योगदानको उद्देश्य प्रभावित मानिसलाई सामान्य जीवनमा फर्कन मद्दत गर्नु हो। यो नयाँ योगदान यस्तो समयमा आएको हो, जब दक्षिण कोरियाका बीमा कम्पनीहरुले बढ्दो गम्भीर मौसमी घटनाहरुपछि विपद् पुनर्लाभ र सामुदायिक सहयोगमा भूमिका खेलिरहेका छन्। –एजेन्सी












