IME Life New

अमेरिकी बजारबाट ८० हजार कार फिर्ता मगाउँदै किआ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनीले किआले अमेरिकी बजारबाट ८० हजार कार फिर्ता मगाउने भएको छ।

कारमा जडित विद्युत तारमा समस्या देखिएपछि किआले अमेरिकी बजारबाट कर फिर्ता मगाउने निर्णय गरेको हो। कारको फन्र्ट सिटमुनि जडित तारका कारण एयरब्याग र सिट बेल्टको प्रयोगमा बाधा पुग्ने देखिएपछि कार फिर्ता मगाउन लागिएको कम्पनीले जनाउको छ।

Esewa
Crest

कम्पनीले सन् २०२३ देखि २०२५ सम्म निर्मित ८० हजार २५५ वटा निरो ईभी, प्लगइन हाइब्रिड (पीएचईभी) र हाइब्रिड कार फिर्ता मगाएको अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसनले जनाएको छ।

कम्पनीले अमेरिकास्थित डिलरलाई ती कार फिर्ता मगाएर समस्या समाधान गर्न निर्देशन दिएको छ। अब डिलरहरुले कारधनीहरुलाई यस विषयमा ई–मेलमार्फत जानकारी गराउनेछन्।

यसअघि गत नोभेम्बरमा पनि किआ र हुन्डईले अमेरिकी बजारबाट २ लाख ८ हजार इलेक्ट्रिक कार फिर्ता मगाएका थिए। ती कारको ट्रान्जिस्टरमा समस्या देखिएको थियो। जसले कारको ब्याट्रीमा क्षति पुर्याउने सम्भावना थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS