IME Life New

काठमाडौं महानगरमा मापदण्डविपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिका र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका अतिक्रमित जग्गा खाली गर्न तथा मापदण्डविपरीत संरचना हटाउन ७ दिने अल्टिमेटम दिइएको छ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले संयुक्त रुपमा सूचना जारी गर्दै स्थानीय तहलाई अतिक्रमित जग्गा खाली गराउन तथा मापदण्डविपरीत संरचना हटाउन सहयोग गर्न आग्रह गरेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने व्यवस्था रहेको छ।

Esewa
Crest

सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको हुने व्यवस्था रहेको छ।

तोकिएको अवधिभित्र त्यस्ता सार्वजनिक जग्गा खाली नगरेमा तथा मापदण्डविपरीत बनेका संरचना नहटाएमा कारबाही गरी खाली गरिने सूचनामा चेतावनी दिइएको छ। यस्ता मापदण्डविपरीत बनेका संरचना विषयमा जानकारी गराउन पनि सर्वसाधारणलाई अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS