काठमाडौ । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरमा दर्ज भएको छ। वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ पछिल्लो तथ्यांकले यस्तो देखाएको हो।
तथ्यांकअनुसार काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा शीर्ष स्थानमा रहेको छ। पछिल्लो अद्यावधिक सूचीको पहिलो स्थानमा रहेको काठमाडौंको वायु गुणस्तर सूचकांक १८९ एक्यूआई पुगेको छ। जुन जनस्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ।
आज काठमाडौंको आकाशमा विषाक्त हावाले ढोकेको छ। यसले गर्दा मानिसमा आँखा पोल्ने र चिलाउने तथा सास फेर्न पनि असहज भएको छ।
तथ्यांकअनुसार काठमाडौंपछि बंगलादेशको ढाका दोस्रो वायु प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ। ढाकाको एक्यूआई १७३ रहेको छ।
यसैगरी भारतको कोलकाता १६९ एक्यूआईका साथ तेस्रो स्थानमा रहेको छन्।












