IME Life New

काठमाडौं-ग्वान्जाओ उडानः नयाँ गन्तव्य प्रवर्द्धनमा सहयोग गर्न वायुसेवा निगमको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ गन्तव्य काठमाडौं–ग्वान्जाओ उडान प्रवर्द्धनमा सहयोग गर्न सबै पक्षलाई अपिल गरेको छ।

निगमले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो। उडान तालिकाबमोजिम समयमै पर्याप्त टिकट बिक्री हुनेमा निगमले विश्वास व्यक्त गरेको छ। ‘नकारात्मक समाचारले निगमको आफ्नो बजार विस्तार योजनालाई पनि नकारात्मक असर पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले समाचार प्रकाशन गर्दा निगमका आधिकारिक स्रोतबाट जानकारी लिएरमात्र सम्प्रेषण गर्न निगम आग्रह गर्दछ।’

Esewa
Crest

निगमका अनुसार अक्टोबर १६ तारिखका लागि काठमाडौं–ग्वान्जाओ उडानमा ६८ जना यात्रु तथा अक्टोबर १७ को ग्वान्जाओ–काठमाडौं उडानमा ४१ जना यात्रुको टिकट बिक्री भइसकेको छ।

त्यस्तै अक्टोबर २३ काठमाडौं–ग्वान्जाओ र अक्टोबर २४ ग्वान्जाओ–काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमले प्रस्ट पारेको छ। नियमित उडान तालिकाबमोजिम अक्टोर १९ को काठमाडौं–ग्वान्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘सो उडानका सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको छ’, निगमले भनेको छ।

उक्त उडानमा यात्रु संख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोमा ध्यानाकर्षण भएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS