IME Life New

बगुवामा पुल निर्माण सकिएपछि आइतबारदेखि पुनः खुल्यो कान्ति पथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमती नदीमा गतवर्ष भदाै महिनाको बेमाैमसी वर्षासँगै आएको भीषण बाढीले क्षतिग्रस्त बनेको कान्ति लोकपथ अन्तर्गतको बगुवामा पुल पुनःस्थापना गरिएको छ।

नदीको बहावले पुलको स्थायी संरचनामा क्षति पुर्‍याएपछि नेपाली सेनाको सहयोमा अस्थायी पुल जडान गरिएको थियो। बगुवामा पुरानो पुल भएको स्थानमा बेलि ब्रिज जडान गरेर अाइतबारदेखि यातायात खुल्ला गरिएको कान्ति लोकपथ आयोजनाले जानकारी दिएको छ। यसअघि १६ गतेबाट पुनः सञ्चालन गरिए पनि बाढीले डाइभर्सन बगाएपछि थप चार दिन यातायात ठप्प पारेर पुलको लम्बाई थपिएको हो।

Esewa
Crest

पुल जडानका लागि करिब ५० जना कामदार र प्राविधिकहरू खटिएका थिए। नयाँ संरचनालाई खोलाको बहावबाट क्षति हुन नदिन ग्याबियन पर्खालहरू पनि निर्माण गरिंदैछ।

बागमती पुलको मकवानपुरतर्फको खण्ड(स्पान) र सडक समेत गत वर्षको भदाै अन्तिम हप्तामा बाढीले बगाएको थियो। अस्थायीरूपमा यातायात सञ्चालन गर्न पुल देखि मकवानपुरतर्फको खण्डमा बालुवा र माटोले बनेको अस्थायी ट्र्याक निर्माण गरिएको थियो । अस्थायी ट्रयाक बनाइएको खण्डमा भिरबाट निरन्तर खोला बगि रहने भएकाले यो खण्ड कुनै पनि समयमा बाढीले बगाउने जोखिम चाहिँ यथावतै छ।

कान्ति लोकपथ आयोजनाका अनुसार, २४.४ मिटर लामो र ५ मिटर चौडा पुल स्थापना गर्ने काम सम्पन्न भएको छ। यो पुलले मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिकाको वडा २ लाई जोड्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS