IME Life New

क्षतिग्रस्त संरचना संचालन गर्न कामना सेवा विकास बैंकको सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय संचालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ ।

जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पुर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएको थियो । कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई उक्त फर्निचरहरु हस्तान्तरण गरिन् ।

Esewa
Crest

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले आन्दोलनका क्रममा क्षती पुगेका संरचनामा सहयोग गरि कार्यालय सञ्चालन गर्न सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालाहरुलाई पनि पुनःनिर्माणमा जुट्न आव्हान गरे ।

बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरण सहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कार्यालय पुर्ण रुपमा जलेर नष्ट भई कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिव कुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरि बहादुर बस्नेतलाई हस्तान्तरण गरे।

बैंकले आन्दोलनका क्रममा क्षतीग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS