IME Life New

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सुर्खेत मार्फत वीरेन्द्रनगर नगरपालिका– ०९, पर्सेनी स्थित श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ ।

बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले श्री कोपिला माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी तथा ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे ।

Esewa
Crest

बैंकका सुर्खेत शाखा प्रमुख आचार्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम श्री कोपिला माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसरी जाडोयाममा कुर्सी तथा न्यानो कपडा वितरण भएकोमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको जीवनमा न्यानोपन, सुरक्षा तथा आत्मबल थपिने विश्वास प्रधानाध्यापक उपाध्यायले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री कोपिला माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS