IME Life New

कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँट, तपाइँलाई पर्यो कि परेन यसरी हेर्नुहोस् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान यो कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो।

शिखर पावरले गत चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ८४ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो।

Esewa
Crest

धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आइपीओमा २७ लाख ८४ हजार ५१९ आवेदन परेको थियो। त्यसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदकबाट माग भएको कुल २ करोड ९१ लाख ८२ हजार ६४० कित्ता शेयर सदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ६८ हजार ४७५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले कुल सदर आवेदनमध्ये २५ लाख ६७ हजार १५९ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्टको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS