IME Life New

कालिञ्चोक दर्शनले डाक्यो वार्षिक साधारणसभा, लाभांश र हकप्रद मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिञ्चोक दर्शनले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले आउँदो पुस १५ गते ११ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको पिंगलास्थानस्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ५.०२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी समेत प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनाका लागि कम्पनीले आउँदो पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS