काठमाडौं । नेपालको धितोपत्र बजारमा विगत ३ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठित धितोपत्र व्यवसायी कम्पनी कलश स्टक मार्केट (ब्रोकर नं ७४) द्वारा आयोजित १० दिने विस्तृत “फन्डामेन्टल तथा टेक्निकल” अनलाइन शेयर शिक्षारतालिम भव्य रूपमा सम्पन्न भएको छ ।
जेठ २२ गतेदेखि जेठ ३१ गते सम्म साँझ ८ बजेदेखि ९ः३० सम्म अनलाइन जुम मार्फत कार्यक्रम सञ्चालन भएको थियो । बढ्दो शेयर बजारप्रति सर्वसाधारणको चासोलाई मध्यनजर गर्दै कम्पनीले पूर्ण रूपमा निःशुल्क उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
सो तालिममा स्वदेश तथा विदेशबाट समेत लगानीकर्ताहरूको अभूतपूर्व सहभागिता रहेको थियो । जुम प्रविधिमार्फत प्रत्यक्ष सञ्चालन गरिएको तालिममा दैनिक १,००० भन्दा बढीको संख्यामा बुकिङ र उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रम अवधिभर प्रशिक्षक दिप थापाले शेयर बजारको आधारभूत पक्ष र प्राविधिक विश्लेषणका विविध आयामहरूलाई अत्यन्तै मिहिन, सरल र व्यावहारिक ढङ्गले प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सहजीकरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत शालिकराम अधिकारीले गरेका थिए ।
तालिममा शेयर बजारमा भर्खरै प्रवेश गरेका नवप्रवेशी देखि बजारमा लामो समय बिताइसकेका अनुभवी लगानीकर्ताहरूको समेत उत्साहजनक उपस्थिति थियो ।
“ग्राहकहरूको सन्तुष्टि र उहाँहरूलाई सही मार्गदर्शन प्रदान गर्नु नै हाम्रो मुख्य सम्पत्ति हो ” कार्यक्रम समापनका अवसरमा बोल्दै कम्पनीका अध्यक्ष प्रदिप के.सी.ले बताए । उनले आगामी दिनमा पनि लगानीकर्ताको हित र साक्षरताका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
यस ब्रोकरको अनलाईन मार्फत तथा काठमांडौ स्थित बुद्धनगरको मुख्य कार्यालय र शाखा कार्यालय, बुटवलबाट समेत डिम्याट तथा टिएमएस खाता खोलि कारोबार गर्न सकिने सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले ग्राहकको चाहनाहरुलाई उच्च प्राथमिकतामा राखि प्रविधिमैत्री सेवामा जोड दिँदै आएको छ ।












