IME Life New

केबीएनआर इस्वा पावरको शेयर प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केबीएनआर इस्वा पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको १,१९,००,००० थान साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १०० का दरले कुल रु. १,१९,००,००,००० को प्रत्याभुतिकर्तामा ज्योति क्यापिटललाई नियृक्त गरीएको छ । क्यापिटल र के.बी.एन.आर इस्वा पावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्बन्धी सम्झौतामा विधिवत रुपमा हस्ताक्षर भएको छ ।

ज्योति क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय, कमलपोखरी, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र के.बी.एन.आर इस्वा पावर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले शेयर प्रत्याभुति गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Esewa
Crest

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी धितोपत्रको निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति तथा शेयर रजिष्ट्रारको सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS