IME Life New

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्‍याउँदै दिगो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन यात्रामा नयाँ इतिहास बनाउँदै, दिगोले पहिलो पटक जुम्लामा ९ वटा डीएफएसके डाँफे विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको छ । यो उपलब्धिले नेपालमा ग्रामीणदेखि शहरी क्षेत्रमा विद्युतीय सवारीलाई जोड्ने दिगो प्रतिबद्धतालाई झल्काउँछ।

डीएफएसके डाँफे विद्युतीय भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछ, जसले यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा प्रदान गर्नेछ। यसले इन्धनमा निर्भरता घटाउने र स्थानीय वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Esewa
Crest

चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन, दिगोले गाडी संगै ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गर्दैछ । थप चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना गरिएको छ।

दिगो ग्रुप अफ् कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने, “जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु हाम्रो लागि गर्वको कुरा हो। यस उपलब्धिले विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ र आगामी दिनमा हामीले यसरीनै देशभरि विद्युतीय सवारीसाधनको पहुचलाई विस्तार गरिरहने छौँ ।”

दिगो ग्रुप अफ् कम्पनीजले नेपालमा विद्युतीय सवारीको मात्र नभई यसको सम्पूर्ण इकोसिस्टमको विस्तार गरिरहेको छ। ुमिसन जेरो एमिसनु को उदेश्य बोकेर हिनेको दिगोले देशभर विद्युतीय सवारी साधनको बिक्री, वितरण, सर्विस, स्पेयर पार्ट्स, लिजिङ, चार्जिङ पूर्वाधार तथा राजमार्गमा आधुनिक रेस्ट स्टप उपलब्ध गराउँदै आएको छ।

स्वच्छ उर्जा र आधुनिक प्रबिधिको उपयोगमा समर्पित भएर, दिगोले नेपाललाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्य तर्फ डोर्याउन निरन्तर प्रयास गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS