काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सर्वाधिक चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार बालेन ६८ हजार ३४८ मत ल्याएर विजयी भएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन्।
अध्यक्ष ओलीले १८ हजार ७२४ मत प्राप्त गरेका छन्। बालेनसँग ओलीको मतान्तर ४९ हजार ६१४ मतान्तर रहेको छ।












