IME Life New

जेनजी आन्दोलनः भाडामा बसेका प्रहरीको परिवारलाई कोठा छाड्न लगाउने अभियान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजीको आन्दोलनमा प्रहरीको बर्बर दमन देखिएपछि भाडामा बसेका प्रहरीको परिवारलाई कोठा छाड्न लगाउने अभियान सुरु भएको छ।

मेन्ज रुम रिलोडेडले सामाजिक सञ्जालमार्फत यो अभियान सुरु भएको जानकारी गराएको छ। फेसबुकमा रिलोडेडले लेखेको छ, ‘आजको आन्दोलनमा प्रहरीबाट एक गोली मात्रै चल्यो भने भाडामा बस्ने प्रहरीको परिवारलाई कोठा छाड्नु भन्दिएको छु।’

Esewa
Crest

रिलोडेडको यो स्टेटसमा थुप्रै प्रक्रिया आएका छन्। राज थापा नाम गरेका प्रयोगकर्ताले स्टेटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘सामाजिक रुपमा बहिष्कार गर्नुपर्छ।’

त्यस्तै रिलोडेडको स्टेटसमा युवराज कार्कीले त्यति गरिदिन घरधनीहरुलाई आग्रह गरेका छन्। सुमन नामक व्यक्तिले भने प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘त्यस्तो नगरौँ। त्यो परिवारमा पनि जेनजी त होलान्। अलिकति समय दिउँ छाडेर जानलाई।’

रिलोडेडको स्टेटसमा शैलेशजंग ठकुरीले प्रतिक्रिया जनाएका छन्, ‘हामी तयार छौँ।’

यसैगरी सजन लामिछानेले रिलोडेडको स्टेटसमा भनेको छन्, ‘हाम्रो लडाइँ प्रहरी वा सेनासँग होइन केवल भ्रष्टाचार, निरंकुश शासन र दमनविरुद्ध हो।’

सुरेश उप्रेतीले लेखेका छन्, ‘एउटा सानो कुराले पनि ठूलो प्रभाव पार्छ। त्यसैले यो काम गरौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS