IME Life New

जेनजी आन्दोलनः क्षतिग्रस्त सम्पत्तिको बीमकबाट करिब सवा २३ अर्ब दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको अद्यावधिक तथ्यांक निर्जीवन बीमा कम्पनीहरुबाट प्राप्त भएको छ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार १६६ वटा बीमा दाबीको करिव २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ दाबी रकम रहेको जानकारी निर्जीवन बीमा कम्पनीहरुले दिएका छन्। निर्जीवन बीमा कम्पनीहरुबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार कुल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी करिब २ अर्ब १ करोड ९८ लाख रुपैयाँ बीमितलाई भुक्तानी भइसकेको छ।

Esewa
Crest

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्यांकन एवं अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरुले हालसम्ममा ६५४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बीमकहरुबाट प्राप्त भएको छ।

यसैगरी नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरुबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव १५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ रहेको जानकारी पुनर्बीमा कम्पनीले दिएको छ। पुनर्बीमा कम्पनीले हालसम्ममा करिव १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ अग्रिम (पेस्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरुलाई दिएको र ६० वटा दाबीको मूल्यांकन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्यांक उपलब्ध गराएको छ।

निर्जीवन बीमाको पोर्टफोलियोअनुसारको बीमा दाबी र भुक्तानीको विद्यमान अवस्था

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS