IME Life New

जावलाखेल डिस्टिलरीद्वारा ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जावलाखेल डिस्टिलरीले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ पहल गर्दै ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो। ‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित विशेषगरी फरक सोच र नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गरेर तयार गरिएको जनाएको छ।

Esewa
Crest

आजका अभिव्यक्तिशील र अनुभव–केन्द्रित युवालाई ध्यानमा राख्दै तयार गरिएको यस पेयले मौलिकता, व्यक्तित्व र आत्मविश्वासलाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ। ट्रेन्ड पछ्याउनेभन्दा आफ्नै शैली स्थापित गर्न चाहने पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ।

विश्वव्यापी रूपमा लोकप्रिय सफ्ट पेय स्वादमध्ये पर्ने ‘पीच आइस टी’ लाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गर्दै यसलाई आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। सन्तुलित ५ प्रतिशत अल्कोहोल मात्राले परिचित स्वादलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने प्रयास गरिएको छ।

जावलाखेल डिस्टिलरीका अनुसार ‘रुस्लान’ ले नेपालमा आरटीडी पेयको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। कम्पनीले यसलाई नयाँ पुस्ताको बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा अघि बढाउने योजना बनाएको छ।

२७५ मिलिलिटरको आकर्षक क्यानमा उपलब्ध यो पेय हाल काठमाडौँका केही चयनित पसलहरूमा प्रतिक्यान २२५ रुपैयाँमा बिक्री भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS