काठमाडौं । जापान विश्वव्यापी रुपमा आफ्नो अटोमोबाइलका लागि परिचित छ। दशकौँदेखि जापानका कम्पनीहरुले विश्वमा प्रभुत्व जमाउँदै आएका छन्। यसमा टोयोटा, होन्डा र मित्सुबिशी जस्ता दिग्गजहरु समावेश छन्।
टोयोटाले विश्वव्यापी रुपमा वार्षिक १ करोड सवारी साधन उत्पादन गर्छ। यद्यपि, जापानी कम्पनीहरुले चिनियाँ कम्पनीहरुबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेका छन्। अहिले चीनले विश्वव्यापी अटो बिक्रीमा जापानलाई उछिनेका छन्।
विश्वव्यापी अटो बिक्रीमा चीनको हिस्सा अब २८ प्रतिशत पुगेको छ। जब कि जापानको हिस्सा २५ प्रतिशतमा झरेको छ।
सन् २०१९ देखि विश्वव्यापी बिक्रीमा चिनियाँ कम्पनीहरुको हिस्सा दोब्बर भएको छ। यस अवधिमा जापानको हिस्सा ७ प्रतिशतले घटेर २५ प्रतिशतमा झरेको छ। जुन १० वर्षमा सबैभन्दा कम हो। चीन आधिकारिक रुपमा अटो बिक्रीमा विश्वव्यापी नेता बनेको छ।
एक अनुमानअनुसार सन् २०३५ सम्ममा विश्वव्यापी अटो बिक्रीमा चिनियाँ कम्पनीहरुको हिस्सा ३४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। जब कि जापानको हिस्सा २२ प्रतिशतमा झर्नेछ।
चिनियाँ कम्पनीहरुले विशेषगरी ईभी क्षेत्रमा उल्लेखनीय प्रगति गरेका छन्। बीवाईडीले गिले, चेरी, एसएआईसी मोटर, ग्रेट वाल मोटर्स र चाङगानसँगसँगै ईभीका साथै प्लग–इन हाइब्रिड सवारीसाधन पनि उत्पादन गर्छ।












