IME Life New

जापान ठूलो प्रलय आउने भविष्यवाणीले मानिसहरुमा त्रास, सहरहरु समुद्रमा डुब्ने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जुलाईको पहिलो हप्तामा जापानमा ठूलो विपत्तिको भविष्यवाणीले मानिसहरु डराएका छन्। यो देश भ्रमण गर्न जाने हजारौँ पर्यटकले आफ्नो यात्रा रद्द गरिरहेका छन्।

यो भविष्यवाणी जापानका भविष्यवक्ता रियो टात्सुकीले गरेकी हुन्। उनलाई जापानी ‘बाबा भेंगा’ भनेर चिनिन्छिन्। टात्सुकीले आफ्नो पुस्तक ‘द फ्युचर आई स’ मा भनेकी छिन्, ‘जुलाई ५, २०२५ मा जापानमा एउटा भयानक विपत्ति आउनेछ, जसको परिणामस्वरुप सहरहरु समुद्रमा डुब्नेछन्।

Esewa
Crest

टात्सुकीको यो भविष्यवाणीले मानिसहरुमा त्रास सिर्जना गरेको छ। रियो टात्सुकीको भविष्यवाणीले जुलाई ५ मा पानीमुनि भूकम्प वा ज्वालामुखी विस्फोट हुने संकेत गर्छ। सपनामा देखेको कुरा उल्लेख गर्दै उनले भनेकी छन्, ‘मेरो सपनामा उम्लिरहेको समुद्र, विशाल बुलबुले र शक्तिशाली छालहरु समावेश छन्, जुन ठूलो सुनामीको संकेत हो।’

टात्सुकीको यो भविष्यवाणीको प्रभाव जापानको पर्यटन उद्योगमा देखिन थालेको छ। रिपोर्टका अनुसार जुनको अन्त्यदेखि जुलाईको सुरुआतसम्म हङकङबाट जापानको उडान बुकिङ ८३ प्रतिशतले घटेको छ। मानिस डराएका छन् कि यदि यो घटना सत्य भयो भने केही भयानक हुन सक्छ।

भविष्यवाणीको आतंकबीच जापानी अधिकारीहरुले मानिसहरुलाई शान्त रहन आग्रह गरिरहेका छन्। मियागीका गभर्नर योशिहिरो मुराईले नागरिक र यात्रु दुवैलाई नआत्तिन अपिल गरेका छन्। उनले भने, ‘कुनै आधिकारिक चेतावनी छैन।’

गभर्नर मुराईले मानिसहरुलाई अफवाहका आधारमा आफ्नो यात्रा योजना परिवर्तन नगर्न अपिल गरे। ‘प्रशासनले आशा व्यक्त गरेको छ कि पर्यटन उद्योगले धेरै क्षति भोग्ने छैन’, उनले भने।

मानिसहरु बिनाकारण रियो तात्सुकीको भविष्यवाणीबाट डराएका छैनन्। विगतमा उनका धेरै भविष्यवाणी सत्य साबित भएका छन्। उनले सन् २०११ मा तोहोकुमा भूकम्पको भविष्यवाणी गरेका थिइन्। जुन सत्य साबित भयो।

यसबाहेक तात्सुकीले राजकुमारी डायना र फ्रेडी मर्करीको मृत्युको पनि सही भविष्यवाणी गरेकी थिइन्। उनको प्रमुख भविष्यवाणीमा कोभिड–१९ महामारी पनि समावेश छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%
happy

खुसी

60%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS