IME Life New

अर्थतन्त्रको आकारमा भारतले उछिन्यो जापान, बन्यो विश्वको चाैथो ठूलो अर्थतन्त्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अर्थतन्त्रको आकारले जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ।

भारत सरकारको वार्षिक आर्थिक समिक्षाका अनुसार, सन् २०२५ को अर्थतन्त्रको आकारले विश्वको चाैथाे ठूलो अर्थतन्त्रको स्थान प्राप्त गरेको हो।

Esewa
Crest

भारतीय आम सञ्चारगृहका अनुसार समिक्षामा, हालको प्रवृत्तिलाई हेर्दा, भारतले आगामी तीन वर्ष भित्र जर्मनीलाई उछिनेर विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अपेक्षा गरिएको छ, ।

समिक्षामा भनिएको छ कि भारतको कुल गार्हस्थ उत्पादन पहिले नै लगभग ४ खर्ब १८ अर्ब अमेरिकी डलर पुगेको छ। र सन् २०३० सम्ममा ७ खर्ब ३० अर्ब अमेरिकी डलर बराबर पुग्ने अनुमान गरिएको छ।

भारतको वास्तविक कुल गार्हस्थ उत्पादन गत आर्थिक वर्ष २०२५-२६ को दोस्रो त्रैमासिकमा ८.२% ले बढेको छ। यो अघिल्लो त्रैमासिकमा ७.८% थियो ।

निर्यातमा सुधार भएर गत नोभेम्बर महिनामा व्यापारिक निर्यात बढेर ३८.१३ अर्ब अमेरिकी डलर पुगेको छ। जनवरी महिनामा यो ३६.४३ अर्ब अमेरिकी डलर थियो। यो निर्यातलाई इन्जिनियरिङ सामान, इलेक्ट्रोनिक्स, औषधि र पेट्रोलियम उत्पादनहरूले समर्थन गरेका छन्।

यद्यपि आधिकारिक पुष्टिकरण २०२६ मा अन्तिम वार्षिक कुल गार्हस्थ उत्पादन सम्बन्धित तथ्याङ्क जारी हुँदा प्राप्त हुने तथ्याङ्कमा निर्भर गर्दछ। अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतले अर्को वर्ष जापानलाई उछिन्ने प्रक्षेपण गरेको थियो।

भारतीय रिजर्भ बैंकले २०२५-२६ आर्थिक वर्षको लागि आफ्नो वृद्धि पूर्वानुमानलाई ७.३% मा परिमार्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS