IME Life New

जगदम्बा स्टिल्समा विस्फोटपछि जनजीवन आतंकित, भट्टी नसार्दासम्म उद्योग बन्द गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराको सिमरास्थित जगदम्बा स्टिल्स उद्योगमा गत बुधबार राति भएको भयानक विष्फोटको घटनापछि उद्योग प्रशासन र स्थानीय बासिन्दाबीच पुनः तनाव बढेको छ।

भयानक विस्फोटका कारण जनजीवन आतंकित बनेको भन्दै राजनीतिक दलहरुले पर्सा राष्ट्रिय निकुञ्जको सीमाभित्रै रहेको उद्योगको भट्टी मानवबस्तीभन्दा टाढा सुरक्षित स्थानमा सार्न माग गरेका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र लोसपा नेपालका उपमहानगरपालिका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै उद्योगभित्रको भट्टी अन्यत्र स्थानान्तरण गर्न माग गरेका हुन् । उनीहरुले भट्टी अन्यत्र नसार्दासम्म भट्टी सञ्चालन नगर्नसमेत उद्योग प्रशासनसँग माग गरेका छन्।

Esewa
Crest

पर्सा वन्यजन्तु निकुञ्जसँग सीमा जोडिएको यो उद्योग जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित छ।

जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले उद्योगबाट हुने अधिक प्रदूषण, सिमसार अधिक्रमणलगायत कम्पनीमा कार्यरत कर्मचारी र उद्योगवरपर आवासीय क्षेत्रमा बसोबास गर्ने सबैको स्वास्थ्य र सुरक्षाको विषयमा सधैँ चिन्तित बनाएको बताए। उनले स्थानीयको चासो सम्बोधन नगरी उद्योग सञ्चालन गर्न सम्भव नभएको भन्दै जिल्ला प्रशासन कार्यालय र उद्योग विभागको समेत ध्यानाकर्षण गराएका छन्।

 

आसपासको मानवबस्ती र नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जको वन्यजन्तुसमेत आतंकित हुने गरी बुधबार राति उद्योग परिसरमा ३० टन क्षमताको भट्टीमा भयानक विस्फोट भएको थियो। उद्योगभित्र कवाडी फलाम पगाल्न स्थापना गरिएको भट्टीमा कवाडी पगाल्ने क्रममा उच्च तापक्रमले जमिनमुनिको भट्टीमा विस्फोट भएको हो। विस्फोटमा १ जना भारतीय मजदुर घाइते भएको उद्योग प्रशासनले दाबी गरेको छ।
विस्फोटका कारण उद्योगआसपासको बस्तीमा टाढासम्म कम्पन महसुस हुँदा सर्वसाधारणले भूकम्प गएको हुनसक्ने आशंका गरेका थिए।

२०७८ असार ५ गते फर्नेस आयलको प्रयोग गरेर उच्च तापक्रममा कवाडी फलाम पगाल्ने क्रममा विष्फोट हुँदा २ भारतीय मजदुरको ज्यान गएको थियो भने ४ मजदुर गम्भीर घाइते भएका थिए । त्यस अघि  २०७५ असोज २४ गते उद्योग परिसरमा विष्फोट हुँदा ५ जना भारतीय मजदुर गम्भीर घाइते भएका थिए।

उद्योगमा कवाडी पगाल्न प्रयोग हुने फर्नेस अायलबाट उत्पन्न अत्यधिक तापका कारण भट्टीमा विष्फोट हुने गरेको छ। उद्योग परिसरमा

मानवबस्तीको बीचमा रहेको उद्योगले स्थानीयको स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर सञ्चालन गर्न चासो नदेखाएको पीडित स्थानीयको गुनासो छ। राजनीतिक दलहरुले समेत पटक–पटक ध्यानाकर्षण गराउँदासमेत उद्योग प्रशासनले स्थानीयको चासो सम्बोधन नगरेको उल्लेख गरेका छन्।

राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै उद्योगको भट्टी अन्यत्र सार्न माग गरे पनि उद्योग व्यवस्थापनले विज्ञप्तिमार्फत विस्फोटको घटनाबारे स्थानीय सञ्चारकर्मीले अफवाह फैलाएको भन्दै विरोध जनाएको छ। उद्योग व्यवस्थापनले विस्फोटको घटनाबारे अनुसन्धान जारी रहेको प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS