IME Life New

सूचना प्रविधि उद्योगका लागि विदेशमा १० लाख डलरसम्म लगानीको बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले सूचना प्रविधि उद्योगमा विदेशमा अधिकत्तम १० लाख अमेरिकी डलरसम्म लगानी गर्न पाउने बाटो खुला गरेको छ।

राष्ट्र बैंकले चाैथो पटक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गर्दै सूचना प्रविधि कम्पनीका लागि विदेशमा लगानीको बाटो खुला गरेको हो।

Esewa
Crest

यसअघि नेपाल सरकारले सूचना प्रविधि उद्योगका लागि विदेशमा लगानी गर्न दिने नीतिगत निर्णय गरेपछि विदेशी सटहीको नियामक नेपाल राष्ट्र बैंकको नियमावलीमा यस सम्बन्धी व्यवस्था नहुँदा कार्यान्वयनमा आएको थिए । सरकारले गत माघमा अध्यादेश मार्फत कानुन संशोधन गरेर नेपाली कम्पनीले विदेशमा पनि शाखा कार्यालय खोल्न पाउने र सिधै विदेशी कम्पनीमा शेयर पूँजी लगानी गर्न पाउने व्यवस्था गरेको थियो ।

नियमावलीमा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा सेवा निर्यात गरेर आर्जन गरेको रकमको ५० प्रतिशत वा अमेरिकी मुद्रा १० लाख डलर वा सो बराबरको विदेशी मुद्रासम्म( दुइ मध्ये सबैभन्दा कम हुने रकम) लगानी गर्न स्वीकृति दिने प्रावधान ल्याएको हो।

विदेशमा लगानीका लागि सूचना प्रविधि उद्योगले कम्तीमा पछिल्ला तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनु पर्नेछ ।

आवश्यक कागजात सहित विदेशमा लगानीका लागि निवेदन दिएको १५ कार्य दिनभित्रै नेपाल राष्ट्र बैंकले निवेदकलाई निर्णय गरी जानकारी दिनुपर्नेछ।

विदेशमा गरेको लगानी सम्बन्धी लेखापरीक्षण भएको वित्तीय विवरण सम्बन्धित देशको आर्थिक वर्ष र नेपालको आर्थिक वर्ष अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र एकाईमा पेश गर्नु पर्नेछ । सम्बन्धित देशको कानून बमोजिम लेखापरीक्षण गर्नु नपर्ने भएमा सो प्रमाणित हुने कागजातसहित लेखापरीक्षण नभएको वित्तीय विवरण पेश गर्न सक्नेछन् ।

विदेशमा लगानीबाट आर्जित रकम वा लगानी फिर्ता गरी नेपालमा रकम भित्र्याउँदा बैंकिङ्ग प्रणालीमार्फत भित्र्याउनु पर्नेछ ।

सटही सुविधा लिई विदेशमा लगानी गरेकोमा विदेशी विनिमय अपचलन भएको पाइएमा वा प्रचलित कानुन विपरीत भएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही गरिने प्रावधान समेत नियमावलीमा समेटिएको छ।

विदेशमा लगानीसम्बन्धी तथ्याङ्क,विवरण विदेशमा लगानी गर्ने संस्थाले राष्ट्र बैंकले माग गरेको समयमा पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS