IME Life New

अब आधारभूत शेयरधनीले ५% भन्दा बढी शेयर बिक्री गर्न १५ दिन अगावै जानकारी गराउन अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरमध्ये ५ प्रतिशतभन्दा बढी शेयर बिक्री गर्नुपरेमा सम्बन्धित कम्पनीलाई १५ दिन अगावै जानकारी दिनुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार सूचीकृत कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यापारीहरुको कारोबार नियमन तथा अनुगमन गर्ने र गराउने उद्देश्यले सेबोनले यो निर्देशन जारी गरेको हो।

Esewa
Crest

निर्देशनबमोजिम अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका कम्पनीहरुका कुनै आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्ने भएमा बिक्री गर्न चाहेको शेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ। यो सूचना नेप्सेमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्नेछ भने सूचनाको वैधता ३ महिनाको मात्र रहनेछ। यसको अर्थ ३ महिनाभित्र शेयर बेच्नुपर्नेछ।

यसैगरी सूचीकृत संगठित संस्थाहरुलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) बमोजिम खरिदबिक्री गर्न गराउन तथा हस्तान्तरण गर्न वा लेनदेन गर्न वा लेनदेन गर्न नसकिने धितोपत्र सम्बन्धमा नियम ३९ को उपनियम (२) बमोजिम केन्द्रीय निक्षेप संस्थामा आवश्यक व्यवस्था गर्न जानकारी दिन पनि धितोपत्र बोर्डले निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS