IME Life New

अमेरिकामा अब एच१-बी भिसा पाउन कठिन, नागरिकता पनि परीक्षण हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा एच१–बी भिसा विदेशीका लागि काम पाउनका लागि एउटा महत्वपूर्ण माध्यम भएको छ। विश्वभरका मानिस यो अमेरिकी भिसा प्राप्त गर्न प्रयास गर्छन्।

ट्रम्प प्रशासनले यो भिसा जारी गर्ने नियममा ठूलो परिवर्तन गर्ने भएको छ। जसको प्रत्यक्ष प्रभाव विदेशी नागरिकमा पर्न सक्छ। ट्रम्प प्रशासनले नागरिकता परीक्षणलाई कडा बनाउने विचार पनि गरिरहेको छ।

Esewa
Crest

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९यूएससीआईएस० का नयाँ निर्देशक जोसेफ एडलोले न्युयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा भने, ‘ट्रम्प प्रशासनले दक्ष विदेशी कामदारका लागि एच१–बी भिसा प्रणालीमा आमूल परिवर्तनहरु गर्ने विचार गरेको छ। अमेरिकी नागरिक बन्नका लागि परीक्षा धेरै सजिलो छ र यसलाई परिवर्तन गर्नुपर्छ। मलाई लाग्दैन कि अहिले हामी वास्तवमै कानुनको भावनालाई पछ्याइरहेका छौँ।’

विदेशी कामदारका लागि एच१–बी भिसा कार्यक्रम लामो समयदेखि अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीभित्र पनि विवादको विषय बनेको छ। ट्रम्प प्रशासनले एच१–बी भिसा छनोट प्रक्रियामा ठूलो परिवर्तनका बारेमा कुरा गरेको छ। अमेरिकी गृह सुरक्षा विभाग ९डीएचएस० र अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९यूएससीआईएस०ले पनि नयाँ एच१–बी भिसा चयन प्रणालीका लागि ह्वाइट हाउसलाई प्रस्ताव पठाएका छन्।

फाइनान्सियल एक्सप्रेसका अनुसार ट्रम्प प्रशासनबाट प्राप्त संकेतहरुले एच१–बी उम्मेदवारको छनोट सीप, अनुभव स्तर र तलबका आधारमा गरिनेछ। यसमा सबैका लागि समान व्यवहारको सट्टा दक्षतामा छनोट गरिनेछ। एडलोले भनेका छन्, ‘यसमा विदेशी कामदारलाई उच्च तलब दिन चाहने निगमलाई प्राथमिकता दिइनेछ।’

एडलोले यो पनि भने, ‘ट्रम्प सरकारले सम्भावित अमेरिकी नागरिकका लागि आवश्यक नागरिकता परीक्षण परिवर्तन गर्न चाहन्छ।’ हाल आप्रवासीहरुले नागरिकशास्त्रका १०० प्रश्न अध्ययन गर्छन्। परीक्षाको यो भाग पास गर्न उनीहरुले १० मध्ये ५ प्रश्नको सही उत्तर दिनुपर्छ। एडलो भन्छन्, ‘सरकारले चाँडै नै त्यो परीक्षाको नयाँ संस्करण पुनः सुरु गर्ने विचार गरेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS