IME Life New

ह्वाट्सएप प्रयोग गर्न पैसा लाग्ने ! निःशुल्क उपलब्ध हुने छैनन् यी ३ फिचर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपले सःशुल्क सदस्यता मोडेल प्रस्तुत गर्दैछ। यससम्बन्धी सूचना अब एपमा देखा परेको छ।

मेसेजिङ एपका लागि आगामी फिचरहरु ट्रयाक गर्ने वेबसाइट वेबबिटाइन्फोले यो जानकारी सार्वजनिक गरेको छ। सःशुल्क सदस्यता वैकल्पिक फिचर हुनेछ।

Esewa
Crest

मेसेजिङ एपले अब सशुल्क सदस्यताहरुको उपलब्धतालाई हाइलाइट गर्दै यससम्बन्धी सूचनाहरु जारी गर्न थालेको छ। प्रयोगकर्ताले प्रिमियम सदस्यता योजनाअन्तर्गत नयाँ फिचरहरुमा पहुँच पाउनेछन्।

प्लेस्टोरमा नयाँ अपडेट

प्लेस्टोरमा ह्वाट्सएप बिटाको पछिल्लो संस्करण एन्ड्रोइड २.२६.९.६ मा नजर फिचर देखिएको छ। प्रयोगकर्ताहरु नयाँ योजनाका लागि वेटलिस्टमा सामेल हुन सक्नेछन्।

रिपोर्टहरुले नयाँ अपडेट प्रदर्शन गर्दै नयाँ फिचरको स्क्रिनसटहरु शेअर गरेका छन्। स्क्रिनसटहरुले संकेत गर्दछ कि प्रयोगकर्ताले प्रिमियम सदस्यताअन्तर्गत नयाँ फिचरहरु पनि प्राप्त गर्नेछन्।

प्रिमियम सदस्यताअन्तर्गत उपलब्ध नयाँ फिचरहरु

  • एक्सक्लुसिभ स्टिकर।
  • एक्स्ट्रा पिन च्याट।
  • सेड्युल म्यासेज फिचर।

प्रतीक्षा सूचीको उद्देश्य

ह्वाट्सएप प्लसको प्रारम्भिक चरणमा दर्ता भएका प्रयोगकर्ताले वेटलिस्टमा साइन अप गर्न सक्छन्। वेटलिस्टमा साइन अप गर्नुको अर्थ तिनीहरु उपलब्ध भएपछि ह्वाट्सएप सदस्यता योजनाका लागि स्वचालित रुपमा योग्य हुनेछन् भन्ने होइन।

मेसेजिङ एपले ह्वाट्सएप प्रयोगकर्तालाई उनीहरुको अकाउन्ट प्लानका लागि योग्य छ भनेर थाहा दिन यो नयाँ फिचर विकास गरेको छ। योजना उपलब्ध भएपछि छुट्टै सदस्यता प्रक्रिया पूरा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS