IME Life New

साउदीले ७३ वर्षदेखि लागू गर्दै आएको मदिरामाथिको प्रतिबन्ध हटाउन लागेको हो ? यस्तो छ सत्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही दिनअघि साउदी अरेबियाले ७३ वर्ष पुरानो मदिरामाथिको प्रतिबन्ध हटाउँदैछ भन्ने समाचार पहिलोपटक वाइन ब्लगमा देखा परेको थियो। यद्यपि, यो समाचार कुनै स्रोत बिना नै दिइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि यो समाचार प्रकाशित गर्दै साउदी अरेबियाले २०३४ को फिफा विश्वकप आयोजना गर्ने तयारी गरिरहेको र यसै क्रममा मदिरामाथिको प्रतिबन्ध हटाउने जनाएका छन्।

प्रतिबन्ध हटाइएपछि साउदी अरेबियामा मदिराको बिक्री निश्चित क्षेत्रहरुमा सीमित हुनेछ भनी रिपोर्टहरुमा उल्लेख छ। मदिरा राज्यभरि ६०० स्थानमा बिक्री गरिनेछ। जसमा मुख्यतया विलासी होटल, रिसोर्ट र पर्यटकलाई सेवा प्रदान गर्ने पर्यटकीयस्थलहरु समावेश छन्। साउदीको नवनिर्मित निओम सहर, सिन्धला र रेड सी प्रोजेक्ट केही त्यस्ता ठाउँमा पनि मदिरा बिक्री गर्न अनुमति दिइनेछ।

Esewa
Crest

मिडिया रिपोर्टहरुले साउदी अरेबियामा बियर, वाइन र साइडरजस्ता मादक पेयपदार्थ मात्र बेच्न अनुमति दिइने जनाएको छ। यसका साथै घर, पसल वा सार्वजनिक स्थानमा मदिरा बिक्री गर्न अनुमति दिइने छैन र मदिराको व्यक्तिगत उत्पादनमा पनि प्रतिबन्ध लगाइनेछ।

यद्यपि, साउदी अधिकारीहरुले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यी रिपोर्टलाई अस्वीकार गरेका छन्। इस्लामिक देश साउदी अरेबिया इस्लामका दुई सबैभन्दा पवित्र सहर मक्का र मदिनाको घर हो। इस्लाममा मदिरा निषेध गरिएको छ र साउदी अरबमा यस सम्बन्धमा कडा कानुनहरु छन्। यद्यपि, राज्यका वास्तविक शासक युवराज मोहम्मद बिन सलमानले विदेशी पर्यटक र लगानी आकर्षित गर्ने प्रयासमा देशको रुढिवादी इस्लामिक छवि सुधार गर्न धेरै सुधारहरु ल्याए।

युवराजको महत्वाकांक्षी परियोजना ‘भिजन २०३०’ अन्तर्गत देशको तेलमा आधारित अर्थतन्त्रलाई विविधीकरण गर्न धेरै प्रमुख सुधारहरु गरिएको छ। जसमा सिनेमा र संगीतको प्रवर्द्धनलगायत कार्यक्रम आयोजना गर्नेजस्ता सामाजिक सुधार पनि समावेश छन्।

ठूला खेलकुद कार्यक्रम आयोजना गर्नु पनि भिजन २०३० को एक हिस्सा हो। यसका लागि साउदीले सबै प्रकारका प्रविधिले सुसज्जित आधुनिक रंगशाला निर्माण गरिरहेको छ र कार्यक्रमका लागि देश आउने दर्शकहरुको हरेक सुविधालाई ध्यानमा राखिरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS