IME Life New

इरानको यो कदमले संकटमा पर्न सक्छ विश्व, बुझौँ कच्चा तेलको कनेक्सन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरान र इजरायलबीचको द्वन्द्व अहिले तीव्र भएको छ। इजरायलले ‘अपरेसन राइजिङ लायन’अन्तर्गत धेरै इरानी अड्डा आक्रमण गर्यो। हालसम्मको आक्रमणमा ६ वैज्ञानिकसहित थुप्रै सैन्य कमान्डर मारिएका छन्।

इरानले पनि प्रतिकार गरिरहेको छ। उसले अपरेसन ‘ट्रु प्रमिस थ्री’अन्तर्गत इजरायलमा सयौँ मिसाइल प्रहार गरेको छ।
इजरायली आक्रमणपछि इरानले आपतकाल घोषणा गरेको छ। यसले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको छ। कच्चा तेलको मूल्य एकै दिनमा ८ प्रतिशतसम्मले बढेको छ।

Esewa
Crest

विज्ञहरुको अनुमान छ कि यो मूल्य अझ बढी प्रभावित हुन सक्छ। इरान–इजरायल द्वन्द्वको बढ्दो डरको बीचमा विश्व अर्को तनावको सामना गरिरहेको छ। इरानले होर्मुज जलडमरुम बन्द गर्न सक्छ। यदि यसले यो बन्द गर्छ भने विश्वमा कच्चा तेलको संकट आउन सक्छ। किनकि यो विश्वको सबैभन्दा व्यस्त तेल मार्ग हो र मार्ग बन्द हुँदा कच्चा तेलको आपूर्ति अवरुद्ध हुन सक्छ। यद्यपि धेरै रक्षा विश्लेषक र ऊर्जा अर्थशास्त्रीका अनुसार इरानले हर्मुज जलडमरुम पूर्ण रुपमा बन्द गर्नु अत्यन्तै असम्भव छ।

विज्ञहरुका अनुसार इरानले हर्मुज जलडमरूम बन्द गर्ने जोखिम लिने छैन। उनीहरुको विचारमा तेहरानले बयानबाजी बढाउन वा जहाजलाई हैरानी गर्न सक्छ। तर विश्वको सबैभन्दा व्यस्त तेल मार्ग बन्द गर्नु आर्थिक रुपमा आत्म–हानिकारक हुनेछ।

इजरायल र इरानबीचको बढ्दो तनावका बारेमा यो अनुमान गरिएको छ कि कट्टरपन्थीहरुले हर्मुज जलडमरुम अवरुद्ध गर्ने विचारलाई अगाडि सारेका छन्। यो एक साँघुरो चोकबिन्दु हो। जहाँबाट हरेक दिन विश्वव्यापी तेलको २० प्रतिशत भाग जान्छ।

इरानले आफ्नो अधिकांश तेल निर्यात गर्छ र यसमार्फत महत्त्वपूर्ण वस्तु आयात गर्छ। यसलाई बन्द गर्नाले यसको आफ्नै अर्थतन्त्र कमजोर हुनेछ र इरानको ७५ प्रतिशतभन्दा बढी कच्चा तेल खरिद गर्ने चीनजस्ता प्रमुख साझेदारलाई अलग्याउनेछ।

अमेरिकी नौसेनाको पाँचौँ बेडाले बेलायत र फ्रान्ससँग मिलेर जलमार्गमा गस्ती गर्छ। पूर्ण नाकाबन्दीले पश्चिमी सैन्य प्रतिक्रियाको सम्भावना बढाउनेछ।

इरानले पहिले पनि यस्तै धम्की दिएको थियो।, तर कहिल्यै नाकाबन्दी गरेको छैन।

बन्दी बिना पनि विश्वव्यापी तेल बजारहरुले तीव्र प्रतिक्रिया दिइरहेका छन्। इजरायली आक्रमणपछि ब्रेन्ट क्रुड ११ प्रतिशतले बढिसकेको छ। यदि तनाव बढ्यो भने मूल्यहरु प्रतिब्यारेल १००–१२० डलर पार गर्न सक्छन्। हर्मुज जलडमरुममार्फत कतारको निर्यातमा निर्भर विश्वव्यापी एनएलजी बजार प्रभावित हुन सक्छ।

इजरायल–इरान तनावले मार्ग परिवर्तन र युद्ध जोखिम बीमा प्रिमियममा वृद्धि भएको छ। केही जहाज मालिक इरानी प्रतिशोध वा समुद्री तनावबाट बच्न खाडी मार्गबाट बच्न खोजिरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS