IME Life New

इरानविरुद्ध हालसम्मकै ठूलो आर्थिक आक्रमणको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी वित्तमन्त्री स्कट बेसान्टले अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक आक्रमण सुरु गर्न लागेको बताएका छन्।

बेसान्टले सोमबार बिहान सामाजिक सञ्जाल प्लेटफर्म एक्समा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति नष्ट गरिसकेको र अब ठूलो आर्थिक आक्रमण सुरु हुने जानकारी गराएका हुन्। ‘राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्ति नष्ट गरिसकेका छन्। इरानको लगभग १०० प्रतिशत सैन्य कारखाना नष्ट भइसकेको छ। इरानको आणविक कार्यक्रम समाप्त भएको छ’, उनले लेखेका छन्, ‘हामी अब अन्तिम चरणमा पुगिरहेका छौँ। बिहान हुनेबित्तिकै एउटा ठूलो आर्थिक आक्रमण सुरु हुनेछ। विरोधीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक आक्रमण हुनेछ।’

Esewa
Crest

बेसान्टले लेखेका छन्, ‘इरानी शासनले सुरक्षा ग्यारेन्टीको आडमा धम्की र दबाबमा काम गरेको छ। यदि कसैले यसको विरुद्ध कारबाही गर्यो भने यसले बदला लिनेछ र वार्तामार्फत अमेरिकी कारबाहीलाई रोक्न सकिन्छ भन्ने कुरामा विश्वस्त थियो। राष्ट्रपति ट्रम्पको आगमनसँगै यो युग समाप्त भएको छ। इरानको विरोध गर्नेहरुसँग डराउनेहरुले अमेरिकालाई चुनौती दिने लागतलाई कम आँकलन गर्नु हुँदैन।’

यद्यपि, बेसेन्टले आफ्नो पोस्टमा अमेरिकाले अब इरान वरुद्ध के कदम चाल्नेछ भन्नेबारेमा भने खुलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS