काठमाडौं । इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले यदि अमेरिकाले कुनै पनि शत्रुतापूर्ण व्यवहारमा संलग्न नभएको खण्डमा अमेरिकी जहाजहरु पनि हर्मुज स्ट्रेटबाट जान सक्ने बताएका छन्।
बीबीसी फारसीका अनुसार खातिबजादेहले इरानी मिडियालाई भने, ‘हर्मुज खुला छ तर प्राविधिक कारणहरुले गर्दा जहाजहरुले इरानी सेनासँग सम्पर्क कायम राख्न आवश्यक छ।’
इरानी मन्त्रीले भने, ‘हामी हर्मुजमा हाम्रा सुरक्षित मार्गहरुबाट अमेरिकी जहाजहरुको सुरक्षित मार्ग सुनिश्चित गर्नेछौँ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आलोचना गर्दै भनेका थिए कि यसले हर्मुजहुँदै तेल ढुवानीका लागि ‘धेरै कमजोर व्यवस्था’ गरिरहेको छ। उनले भने, ‘यो हामीबीच भएको सम्झौता होइन।’ –एजेन्सी












