IME Life New

आईपीएलको बीमा कभरमा उल्लेख्य गिरावट, के हो कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको चर्चित क्रकेट प्रतियोगिता इन्डियर प्रिमियर लिग (आईपीएल)को ब्रोडकास्टर, ओटीटी प्लेटफर्म र फ्रेन्चाइजीको कुल बीमा कभरमा यो वर्ष उल्लेख गिरावट आएको छ।

अघिल्लो वर्ष २०२४ को तुलनामा २०२५ मा आईपीएलको बीमा कभरमा उल्लेख गिरावट आएको हो। यो वर्ष केही फ्रेन्चाइजी प्रिमियममा अत्याधिक उछाल आउनुले पनि बीमा लिन असमञ्जसको स्थिति देखिएको हो।

Esewa
Crest

अघिल्लो आईपीएलको कुल बीमा कभर भारु १० हजार करोडको थियो। यसमा ब्रोडकास्टर, आयोजक, फ्रेन्चाइजी र प्रयोजकको कुल भारु ६ हजार करोडको बीमा लिइएको थियो। यसमा प्रसारणकर्ताहरुले आफ्नो टीभी राजस्वका लागि भारु ३५ सय करोडको बीमा लिएका थिए भने बाँकी बीमा कभर अन्यले लिएको छ।

यो वर्षको आईपीएल गत मार्च २२ बाट सुरु भइसकेको छ। आईपीएलको समापन मार्च २५ मा हुनेछ।

विशेषज्ञहरुका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको आईपीएलको बीमा राशि करिब १५ सय करोडले घटेको छ। यद्यपि केही फ्रेन्चाइजी वा ब्रोडकास्टरहरुले खेल चलिरहेको बेला पनि बीमा कभर लिन सक्छन्।

हाउडेन इन्डियाका सीईओ अमित अग्रवालले यस वर्षको आईपीएलको बीमा कभर घट्ने बताए। ‘किनकि केही ठूला ब्रोडकास्टिङ इकाइ विलय र अधिग्रहण भएका छन्’, अग्रवालले भने, ‘अर्कोतर्फ फ्रेन्चाइजीको प्रिमियममा भारी वृद्धि भएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS