IME Life New

आजको शेयर बजार गिरावटमा लगानीकर्ता सशंकित, नेप्सेले गर्दै अध्ययन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज आएको गिरावटमा लगानीकर्ता सशंकित भएका छन्।

आज नेप्से परिसूचक अन्तिम समयमा १२ अंकले बढेर बन्द भएको थियो। तर, २० मिनेटपछिको अद्यावधिकमा नेप्से २ अंकले घटेर २९६२ को विन्दुमा बन्द भएको देखियो।

Esewa
Crest

हालै नेप्से २ः४५ बजेदेखि ३ बजेसम्मको औसत गणना गर्ने निर्णय लागू गरेको छ। यो नियम लागू भएसँगै बजार बन्द भएको करिब २० मिनेटपछि मात्रै परिसूचकहरु अद्यावधिक हुनु गरेको छ।

यो नियम लागू भएपछि हालसम्म बजार परिसूचकमा करिब ४–५ अंकको फरक देखिने गरेको थियो। तर, आज भने १४ अंक देखिएको छ।

यसरी ठूलो अंकको अन्तर देखिएपछि लगानीकर्ताले नेप्सेको तीव्र आलोचना गरेका छन्। सामाजिक सञ्जालमा पनि लगानीकर्ताहरुले यो विषयमा कुरा उठाएका छन्।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले यस विषयमा अध्ययन गर्न प्राविधिक टोलीलाई खटाएको जानकारी दिए। ‘मलाई पनि केही साथीहरुले फोन गरेर आजको बजार गिरावटका विषयमा चासो व्यक्त गरेका छन्’, उनले भने, ‘त्यही भएर प्राविधिक पक्ष अध्ययन गर्ने काम भइरहेको छ।

नेप्सेले सूचना नै जारी गरेर सरोकारवालाबाट आएको नेप्से परिसूचक गणना फरक परेको भन्ने विषयमा अध्ययन भइरहेको जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

33%
sad

दु :खी

8%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS