IME Life New

आउँदो वैशाख २ गतेबाट ब्रोकरहरुबाट लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकरहरुले आउँदो नयाँ वर्ष २०८३ को वैशाख २ गतेबाट मार्जिन कारोबार सुविधा प्रदान गर्ने भएका छन्।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आज एक विज्ञप्ति जारी गर्दै आउँदो वैशाख २ गतेबाट मार्जिन कारोबारयोग्य ब्रोकरहरुले यो सुविधा प्रदान गर्ने जानकारी गराएको हो। एसोसिएसनको कार्यसमिति बैठकले आज मार्जिन कारोबार सुविधासम्बन्धी ब्रोकहरुको कार्यप्रक्रिया पारित गरेको छ।

Esewa
Crest

यसअघि नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘मार्जिन कारोेबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ लागू गरेको थियो। त्यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ जारी गरेको थियो।

बजार नियामक र सञ्चालक दुवैले मार्जिन कारोबार सुविधासम्बन्धी खाका तयार गरेपछि धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)हरुले मार्जिन कारोबार सुविधासम्बन्धी आफ्नो कार्यप्रक्रिया निर्माण गरेका हुन्। हाल मार्जिन कारोबारसँग सम्बन्धित सबै प्रक्रिया पूरा गरेको भए पनि केही प्राविधिक विषय पनि मिलाउनुपर्ने भएका कारण आगामी नयाँ वर्ष २०८३ वैशाख २ गतेदेखि सबै मार्जिन कारोबार गर्न योग्य ब्रोेकरहरुबाट यो सुविधा लगानीकर्तालाई उपलब्ध गराउने तयारीमा धितोपत्र दलाल व्यवसायीहरु रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS