IME Life New

शेयर बजारमा बन्यो रेकर्ड, लगानीकर्ताले तिरे हालसम्मकै धेरै पुँजीगत लाभकर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१।८२ मा शेयर बजारबाट हालसम्मकै उच्च राजस्व प्राप्त गरेको छ। योसँगै शेयर बजारमा लगानीकर्ताले हालसम्मकै धेरै लाभकर तिरेको रेकर्ड बनेको छ।

सीडीएससीबाट प्राप्त तथ्यांकअनुसार गत आर्थिक वर्षमा सरकारले शेयर बजारबाट कुल १६ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व संकलन गरेको छ। जुन हालसम्मकै उच्च हो। यसअघि आर्थिक वर्ष २०७७।७८ मा सरकारले १४ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

Esewa
Crest

सीडीएससीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा सरकारले साढे ५ अर्ब रुपैयाँ बढी पुँजीगत लाभकरबापत राजस्व प्राप्त गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सरकारले प्राप्त गरेको राजस्व २०० प्रतिशतभन्दा बढीले बढेको छ।

सीडीएससीको तथ्यांकअनुसार सरकारले सबैभन्दा धेरै पुँजीगत लाभकर गत आर्थिक वर्षको साउनमा प्राप्त गरेको छ। यो महिना लगानीकर्ताले पुँजीगत लाभकरबापत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ तिरेका छन्।

यसैगरी लगानीकर्ताले भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख रुपैयाँ, कात्तिकमा ७५ करोड ८७ लाख रुपैयाँ, मंसिरमा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ रुपैयाँ, पुसमा ५८ करोड ७ लाख रुपैयाँ, माघमा १ अर्ब ५ करोड ७० लाख रुपैयाँ, फागुनमा १ अर्ब ३३ करोड २ लाख रुपैयाँ, चैत ६९ करोड ३५ लाख रुपैयाँ, वैशाखमा १ अर्ब २२ करोड ९२ लाख रुपैयाँ, जेठमा १ अर्ब १७ करोड ८२ लाख रुपैयाँ र असारमा १ अर्ब २७ करोड १२ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्।

शेयर बजारमा अल्पकालीन लगानीकर्ता ७.५ प्रतिशत, दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS