काठमाडौं । आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर २,६९८ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिडी पावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।













