काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ५९ अंकले बढेर २,६४० को विन्दुमा कायम भएको छ । आज १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै शान्भी इनर्जीका लगानीकर्ताले ८ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । एसवाई प्यानलका लगानीकर्ताले ५ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् ।













