काठमाडौं । आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज एसवाई प्यानल कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई सम्मुनत योजनका इकाईधनीले ९ दशमलव ९४ प्रतिशतका दरले कमाउका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ७६ प्रतिशतका दरले कमाएका हुन् ।



















