काठमाडौं । हिजो सामान्य बढेर बन्द भएको बजार आज घटेर बन्द भएको हो । आज नेप्से परिसूचक ११ दशमलव ९० अंकले घटेर २,५८७ को विन्दुमा कायम भएको छ । आज ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १४ दशमलव २९ प्रतिशतका दरले कमाएका हुन् । एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले ८ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।













