काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ३० अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर भाउ बढेको छ भने १८७ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानकिर्ताले १४ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । नाडेप लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट कलरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएकाछन् ।












