काठमाडौं । आज नेप्से परिसूचक १९ दशमलव १३ अंकले घटेर २,५९९ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्तका लगानीकर्ताले ११ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सीवाइसी नेपालका लगानीकर्ताले ९ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् ।













