काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ८१ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सुपर खुदी हाइड्रोका लगानीकर्ताले १३ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका लगानीकर्ताले ११ प्रतिशतका दरले कमाएका छन् ।













