काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव २५ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । कालंगा हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।













