काठमाडौं । आज नेप्से परिसूचक १४ अंकले बढेर २,५९० को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईनीले ९ दशमलव २० प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।













