काठमाडौं । आज नेप्से परिसूचक १९ दशमलव ६७ अंकले घटेर २,६०१ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १२ दशमलव ६८ प्रतिशतका दरले कमाएका हुन् । स्नो रिभर्सका लगानीकर्ताले ११ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । प्राइम डिबेञ्चरका इकाईधनीले ५ दशमलव ६१ प्रतिशतका दरले कमाएका हुन् ।













