काठमाडौं । आज नेप्से परिसूचक ३० दशमलव ०९ अंकले घटेर २,६२१ को विन्दुमा कायम भएको छ । आज २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २४७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ५२ प्रतिशतका दरले कमाएका हुन् । प्रभु बैंक डिबेञ्चरका इकाईधनीले ४ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले ४ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।













