काठमाडौं । आज नेप्से परिसूचक २४ दशमलव ५७ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य मात्रै घटेको छ ।
आज सबैभन्दा धेरै कालंगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आरबीबी फोकस ४० का इकाईधनीले १३ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । सानिगाढ हाइड्रोका लगानीकर्ताले १० दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।













