काठमाडौं । आज नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले बढेर २,६५२ को विन्दुमा कायम भएको छ । आज २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले १४ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । भुजुङ हाइड्रोका लगानीकर्ताले १३ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरीका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।













