काठमाडौं । आज नेप्से परिसूचक १६ दशमलव ५४ अंकले घटेर २,६३२ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला, याम्बालिङ हाइड्रो र स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।













