काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ५० अंकले घटेर २,६५१ को विन्दुमा कायम भउको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले १२ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव २० प्रतिशतका दरले कमाएका छन् ।













